काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर मंसिर २ गते एकै चरणमा दुई निर्वाचन गर्न सिफारिस गरेको हो ।
आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवाले सहमति जनाएको आयुक्त थपलियाले बताएका छन्। साथै, प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई चुनावी तयारी थाल्न पनि निर्देशन दिएका छन् ।
आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था रहेको छ । आयोगले निर्वाचन गर्न १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न आग्रह गरेको छ ।