अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा
  • मूलधार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

बजेट निर्माण गर्दा बिचौलिया प्रवेश गराएको विषयमा गठित संसदीय छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको उनले घोषणा गरेका छन् ।

बुधबार अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ । संसदीय छानविन विशेष समितिमा विभिन्न दलका सांसदहरु रहृेका छन् ।

 

  • July 6, 2022 प्रकाशित
  • सम्बन्धित