भक्तपुर र हेटौंडामा हैजाका दुई संक्रमित फेला
  • मूलधार

काठमाडौं । काठमाडौंभित्र फैलिएको हैजा विस्तारै अन्य ठाउँमा पनि फैलिएको पाइएको छ । हालसम्म काठमाडौंभित्र मात्र देखिएको हैजा भक्तपुर र हेटौँडामा पनि देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर–४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका दुई संक्रमित फेला परेका छन् । यससँगै हैजा संक्रमितको संख्या २१ पुगेको छ ।

हाल दुवाकोटका संक्रमितको टेकु उपचार भइरहेको छ भने हेटौंडाका संक्रमितको विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको बताइएकोछ ।

हालसम्म काठमाडौं उपत्यकाका बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी, किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित फेला परेका छन् ।

काठमाडौं उपत्यकामा फैलिएको हैजा धारा र इनार, पानी वितरण गरिने ट्याङकर र जारमा भेटिएको छ । साथै, पानीको स्रोतमा नै हैजा सार्ने जीवाणु भेटिएको छ ।

  • July 6, 2022 प्रकाशित
  • सम्बन्धित