रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो
  • मूलधार

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । मंगलबार रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ सीमानामा भएको बस दुर्घटना भएको थियो ।

घट्नास्थलमा मृत्यु हुने ९ जनाको सनाखत खुलेको छ । मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका वडा नं ५ का ६० वर्षीय तुला तामाङ, ३६ वर्षीय खर्क बिक, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु तामाङ गरि ४ जना एकै वडाका परेका छन् ।

त्यस्तै, सुनापति वडा नं ४ का २६ वर्षीय सम्रिता तामाङ, काभ्रे पाँचखाल ८ का १८ वर्षीय सुदिप गजमेर, काभ्रे मन्दनदेउपुर ९ का ६० वर्षीय शुभलक्ष्मी मानन्धर, काभ्रेकै ४० वर्षीय कुल ब. बिक र काभ्रे रोशी ४ कै कमल तामाङ रहेको रामेछाप प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले बताएका छन् । बाँकी ४ जनाको पनि सनाखत भइसकेकाे छ ।

कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा बस दुर्घटना भइ यात्रुको ज्यान गएकाे छ। दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ ।

  • July 5, 2022 प्रकाशित
  • सम्बन्धित