छानविन समितिको निष्कर्ष : एकराजको घरमा विमला जानु गलत
  • मूलधार

काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वली पदमै रहँदा गरेको हर्कतबारे अनुसन्धान गर्न गठित छानविन समितिले वलीको हर्कत मर्यादाविपरीत कार्य भएको निष्कर्ष निकालेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले वलीले दाङको तुलसीपुरमा रहेको वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादाविपरीत कार्य भएको निष्कर्ष निकालेको हो।

अनुसन्धानमा एकराज बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको देखिएको संयोजक शर्माले बताएका छन् । उनका अनुसार अन्य उपायबाट रकम असुली गर्नुपर्दथ्यो तर, त्यसो नभएको पाइयो।

छानविनका क्रममा विमलाले एकराजलाई साढे ६ लाख रुपैयाँ सापटी दिएको देखिन्छ । र, एकराजले उक्त रकम फिर्ता नदिएको देखिएको छानबिनमा खुलेको छ । जेठ ३१ गते बिहान लुम्बिनी प्रदेशका तत्कालिन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले बस्नेतको घरमा गएर उनकी श्रीमती मीना र छोरीमाथि कुटपिट गरेकी थिइन्। र, कुटपिटपछि एकराजकी श्रीमती मिनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

समितिले तयार पारेको प्रतिवेदन संयोजक शर्माले शनिबार मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएका छन्। प्रतिवेदन बुझाएपछि समितिका संयोजक मन्त्री शर्माले राज्य मन्त्री वली मर्यादाविपरीत अरुको घरमा जानु कमजोरी देखिएको बताए ।

  • July 2, 2022 प्रकाशित
  • सम्बन्धित