दक्षिण कोरियामा प्रतिघण्टा न्यूनतम ज्याला ५ प्रतिशतले बढ्यो, दुःखी भए श्रमिक
  • मूलधार

काठमाडौं । दक्षिण कोरियाको न्यूनतम ज्याला आयोगले आगामी वर्ष २०२३ का लागि न्यूनतम प्रतिघण्टा ज्याला निर्धाण गरेको छ ।

आगामी वर्ष कामदारको न्यूनतम् ज्याला ५ प्रतिशतले बढेर लगभग ७ दशमलब ४० अमेरिकी डलर (लगभग ९ सय ५० रुपैयाँ) बढ्ने आयोगले जनाएको छ ।

हालको न्यूनतम सात डलरको तुलनामा पाँच प्रतिशतले बढेको तलबले व्यापारी समुदाय र श्रमिक युनियन पूर्ण रूपमा सन्तुष्ट छैनन् । उनीहरु ज्याला हेरफेर गर्नु पर्ने पक्षमा छन् ।

दक्षिण कोरियाको एरिराङ न्यूज पोर्टलका अनुसार दुई पक्ष, वार्ता र संशोधन पक्षले आआफ्नो प्रस्ताव राखेका छन् । त्रिपक्षीय प्यानलतर्फ १२ सदस्यले समर्थनमा मतदान गरे, १० सदस्य अनुपस्थित भए र एक सदस्यले विपक्षमा मतदान गरेका छन्।

श्रम मन्त्रालयले औपचारिक रुपमा नयाँ तलब घोषणा गर्न भदौ ५ गतेसम्मको समय दिएको छ । जुन पहिलो जनवरीदेखि लागू हुनेछ।

  • June 30, 2022 प्रकाशित
  • सम्बन्धित