धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठकमा प्रदेश सांसदहरुले बजेट संशोधन गर्नुपर्ने अडान राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको हो ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरुले संशोधन गर्नुपर्ने अडान राखेका छन् । यसअघि जेठ १२ गते सभामुख अर्जुनबहादुर थापाले बोलाएको बैठक बस्न नसकेपछि असार १६ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाएका थिए ।
तर, प्रदेश सांसदहरुले बजेट संशोधनको अडान कायमै राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।