सरकारबाट फर्किएका ३ मन्त्रीका आवाज बुझिनेगरी सुन्न मन छ : माधव नेपाल
  • मूलधार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूको बोली सुन्न मन भएको बताएका छन् ।

बुधबार असार १५ गते सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारबाट फर्केर आएका मन्त्रीहरुले आफूहरुलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो भनेको सुन्न चाहेको बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन । अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन छ ।’

यस्तै, अध्यक्ष नेपालले सरकारबाट फिर्ता आएपछि आफूसँग राम्रोसँग बोलचाल नभएको पनि बताएका छन । उनका अनुसार फिर्ता भएका मन्त्रीहरु पार्टीको बैठकमासमेत सहभागी भएका छैनन् ।

  • June 29, 2022 प्रकाशित
  • सम्बन्धित