ज्वाला संग्रौलाले राप्रपा छाडिन्, रवि लामिछानेको पार्टीमा जाने !
  • मूलधार

काठमाडौं । सामाजिक अभियन्तासँगै पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएर राजनीति थालनी गरेकी ज्वाला संग्रौला पार्टीबाट साधारण सदस्यसमेत नरहेन गरि अलग भएकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत राप्रपाको साधारण सदस्यसमेत नरहने गरि अलग्गिएको घोषणा गरेकी हुन् ।

राप्रपाबाट अलग्गिदै संग्रौलाले आजसम्म पार्टीमा साथ दिने सबैलाई धन्यवाद दिँदै अध्यक्ष राजेन्द्र लिङदेनलाई सदैव साथ र सहयोग रहने पनि भनेकी छन् ।

संग्रौलाले राप्रबाट अलग्गिएर रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा जान लागेको संकेत पनि दिएकी छन् । उनले अबको समय देशमा असल काम गर्नेप्रति समर्पित रहेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘अबको मेरो समय यो देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने छ । सबैको जय होस् , मंगल होस्।’

पार्टीबाट अलग्गिनुअघि उनले लेखेकी छन्, ‘आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट अलग्गिएको घोषणा गर्दछु। आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज ब्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। ब्यक्तिगत रुपमा राजेन्द्र लिङदेन दाईलाई मेरो सदैव साथ, सपोर्ट र सम्मान रहिरहनेछ । यो मुलुक परिवर्तनको यात्रामा राजेन्द्र लिङदेनले एकदिन देशको नेतृत्व लिएरै छाड्नु हुनेछ भन्ने कुरामा पनि म ढुक्क छु। अबको मेरो समय यो देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने छ । सबैको जय होस् , मंगल होस्।’

 

  • June 28, 2022 प्रकाशित
  • सम्बन्धित