दक्षिणकाली नगरपालिकाको बजेट : विपद् व्यवस्थापन कोषका लागि १ करोड विनियोजन
  • मूलधार

काठमाडौं । दक्षिणकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार गरपालिकाको ९ औं नगरसभामा उपप्रमुख (उपमेयर) बसन्ती डंगोल तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षका लागि ६७ करोड ४ लाख ५९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

उपमेयरद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा १२ करोड ६३ लाख ३७ हजार संघ र प्रदेशको वित्तीय समानीकरण अनुदानअन्तर्गत आम्दानी हुने भनिएको छ । राजस्व बाँडफाँटतर्फ १५ करोड ६७ लाख ७५ हजार र आन्तरिक आम्दानीबाट ५ करोड ८८ लाख ८५ हजार रूपैयाँ जम्मा हुने लक्ष्य लिइएको छ ।

सशर्त अनुदानतर्फ संघबाट २० करोड ८३ लाख र प्रदेशबाट २ करोड २७ लाख २१ हजार गरी २३ करोड १० लाख २१ हजार रूपैयाँ जम्मा हुने प्रस्तावित बजेटमा उल्लेख छ । यस्तै, अन्तरपालिका साझेदारी अनुदानतर्फ ४ करोड ४५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

आन्तरिक आयतर्फ ५ करोड ८८ लाख ८५ हजार छ भने समपुरक अनुदान ३ करोड ८९ लाख ४० हजार र विशेष अनुदानतर्फ १ करोड ४० लाख रूपैयाँ जम्मा हुने अनुमान गरिएको छ ।

उपमेयरद्वारा आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरणसँगै आर्थिक विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ नगरसभामा पेश भएको छ । आगामी वर्ष वडास्तरतर्फ वडास्तरीय योजनाहरुको कार्यान्वयन गर्न जनसंख्या, भूगोल, राजस्व परिचालनको स्थिति तथा विकटतालाई आधार मानेर ७ करोड ४२ लाख ५० हजार विनियोजन गरिएको छ ।

नगरक्षेत्रमाभित्र हुने सम्भावित बाढी, पहिरो, भू–क्षय, भूकम्प, हावाहुरी जस्ता प्रकृतिक विपत्तीबाट नजनको क्षति न्यूनिकरण गर्न तथा पिडित प्रभावितको राहत, उद्धार, पुनस्थापना एवम् पुनर्निमाणको लागि विपद् व्यवस्थापन कोष खडा गरि १ करोड विनियोजन गरिएको छ ।

 

  • June 28, 2022 प्रकाशित
  • सम्बन्धित