कोटेश्वरमा हायसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
  • मूलधार

काठमाडौं । सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

कोटेश्वरबाट बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिँदा ५२ वर्षीय देवकुमार सेनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थायी घर स्याङ्जा भएका सेनलाई हायसले ठक्कर दिएपछि उपचारका लागि ग्वार्काेस्थित बिएन्डबी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकोे क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हायसले पैदलयात्रुलाई बचाउन खोज्दा अर्को ट्रकलाई ठक्कर दिँदा क्षतविक्षत भएको छ । हायसमा यात्रुहरू भने नभएको बताइएको छ ।

दुर्घटनामा हायसका सहचालक घाइते छन् भने चालक फरार छन्। प्रहरीले अहिले उनको खोजी गरिरहेको छ ।

  • June 27, 2022 प्रकाशित
  • सम्बन्धित