किशोरीको पेटबाट बिना शल्यक्रिया निकालियो चम्चा
  • मूलधार

काठमाडौं । कहिलेकाहिँ घटनाहरु अचम्म अचम्मका भइदिन्छन् । सुन्दै आङ सिरिङ्ग हुने । पत्याउनै नसकिने । यस्तै पत्याउन नसकिने घटना सुन्दा त पत्याउनै नसकिने खालको छ तर, उक्त घटना साँचो हो ।

घटना हो, थापाथलीस्थित नर्भिक अस्पतालमा आमाशयमा अड्किएको चम्चा लिएर एक जना विरामी भर्ना भए । भुलवश खानाको सट्टा चम्चा नै निलेपछि चम्चा निकाल्ने उपाय के ? सबैले सोचिन्छ अप्रेसन । तर, नर्भिकका चिकित्सकहरुले बिनाशल्यक्रिया आमाशयमा गएर अड्किएको चम्चा निकाल्न सफल भएका छन् । जुन अचम्मको घटना र चिकित्सकलाई बिरामीलाई बचाउने नयाँ उपचार विधि पनि हो यो ।

नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले इण्डोस्कोपी गरी आमाशयमा पुगेर अड्किएको चम्चा निकाल्न सफ भएको हो ।

अस्पतालका अनुसार काठमाडौंकी १७ वर्षीया किशोरीले झुक्किएर चम्चा निलेर अस्पताल भर्ना भएकी थिइन् । तर, उनको बिनाशल्यक्रिया, बिना चोट आमाशयमा अड्किएको चम्चा डा. कुँवरको टिमले निकाल्न सफल भएको छ ।

आमाशयमा गएर चम्चा अड्किनु बिरामीका लागि नभई अस्पतालका चिकित्सकका लागि पनि एकदमै जटिल समस्या हो । तर, उक्त जटिल समस्यालाई डा. कुँवरको टोलीले सरल रुपमा समाधान गरिदिएका छन् । मतलब सर्प पनि मर्ने लौरो पनि नभाँचिने । डा. कुँवरको टिमलार्य आमाशयमा गएर अड्किएको चम्चा बिनाशल्यक्रिया निकाल्न ४५ मिनेट लागेको थियो ।

  • June 27, 2022 प्रकाशित
  • सम्बन्धित