काठमाडौं । एकीकृत समाजवादीबाट नवनियुक्त भएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ४ मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी शपथ ग्रहण गरेका छन्। शपथसँगै आजै मन्त्रीहरुले मन्त्रालयको कार्यभार सम्हाल्ने छन् ।