चलचित्र विकास बोर्डको अध्यक्ष बन्लान् भुवन केसी ?
  • मूलधार

काठमाडौं। चलचित्र विकास बोर्ड अहिले नेतृत्वविहीन छ । राजनीतिक नियुक्ती र साँठगाँठमा रुमलिँदै आएको बोर्डको अध्यक्ष बन्न चाहनेका लागि साउन ५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन मागेको छ । मन्त्रालयले आवेदन माग्नु ‘कर्मकाण्डी’ पूरा गर्नुजस्तै हो, लास्टमा हुने राजनीतिक नियुक्ती नै हो ।

मन्त्रालयले आवेदन खुला गरेसँगै अहिले बोर्डको अध्यक्ष बन्नेहको दौडधुप बढेको छ । स्थानीय निर्वाचनदेखि नै बोर्डको अध्यक्ष बन्न चाहनेहरु जबर्जस्ती भए पनि पार्टी प्रवेश गरेको देखियो ।

अहिले गन्ने हो भने गन्न नसकिने चलचित्रकर्मीहरु बोर्डको अध्यक्ष बन्न लबिङमा छन् । लबिङमा लागेकामध्ये जस्ले सत्ता र शक्तिको भक्ति गाउँछ उसैले पाउने हो अध्यक्ष पद ।

अहिले भुवन केसी, सुचित्रा श्रेष्ठ, नरेश पौडेल, मनिष पण्डितलगायत दर्ननौँ कलाकारहरु बोर्डको अध्यक्ष बन्ने दौडमा छन् । भुवन केसी त स्थानीय निर्वाचन आउनु केही समयअघि नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट कांग्रेस प्रवेश गरेका थिए ।

film vacancy notice

उनीसहित श्वेता खड्कालगायत कलाकारहरु माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा कांग्रेस प्रवेश गरेका थिए । भुवन केसी कांग्रेस प्रवेश गर्नुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्न लागेको हल्ला चलेको थियो । तर, केही स्वार्थ गाँसिनुले उनले राप्रपा नरोजी कांग्रेस रोजे ।

अहिलेसम्मको प्रतिस्पर्धी हेर्दा बोर्डको अध्यक्ष बन्ने बलियो आधार भुवन केसीको रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवा र सूचना, प्रविधि तथा सञ्चारमन्त्रीमा कांग्रेसकै ज्ञानेन्द्र कार्की रहेका छन् । मन्त्रालयले जारी गरेको सूचनाअनुसार ३० वर्ष पुगेको र ६५ वर्ष ननाघेकोले बोर्डको अध्यक्षको उम्मेदवार बन्न सक्नेछन् । र, यो सूचनाअनुसार भुवन के.सी.को बोर्डको अध्यक्ष बन्ने चान्स बलियो र यहिँ हो ।

भुवन केसी कति वर्ष भए ?

भुवन केसी २३ अगस्ट १९५७ मा काठमाडौंमा जन्मिएका हुन् । उनले अहिलेसम्म सयौँ चलचित्रमा अभिनय गरेका छने् । उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन् । अध्यक्ष बन्नका लागि भुवन के.सी.सँग अझैँ पनि उमेर रहेको छ जबकि उनी ६५ काटिसकेका छैनन् ।

अहिले भुवन केसीसहित अध्यक्षका आकांक्षीहरु प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्रीपत्नी आरजु राणा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भित्रभित्रै लबिङमा जुटेका छन् । तर, सबै प्रतिस्पर्धीमध्ये सबैभन्दा बलियोचाहिँ भुवन केसी नै रहेको बुझिन्छ । भुवन केसी बोर्डको अध्यक्ष बन्नकै लागि निर्वाचनताका पार्टी प्रवेश गरेकोसमेत भनिँदै आएको छ । पार्टी प्रवशेपछि उनले जिम्मा दिएको खण्डमा बोर्ड अध्यक्ष बन्नबाट पछि नहट्ने पनि भनेका थिए ।

काे बलियाे ?

भुवनसँगै दौडमा छिन, निर्देशक उप्रेती पनि । कांग्रेसका नेता प्रकाशमान सिंहनिकट मानिने उप्रेतीको फेसबुक प्रोफाइल हेर्ने हो भने सिंहकी श्रीमती सिर्जना सिंहसँगै उभिएको देखिन्छ । भुवनसँगै उनी पनि बोर्डको अध्यक्षका लागि बलिया प्रतिस्पर्धी हुन् ।

२२ जेठ २०७७ मा बोर्डको अध्यक्षमा रूपमा नियुक्त भएर २ वर्षे अवधि सकेका दयाराम दाहाल पुनः अध्यक्ष बन्ने दौडमा छन् । त्यतिबेला सरकारले मन्त्रिपरिषद्मा सिफारिस गर्दा दाहालसँगै भुवन केसी र संस्कृतिविद् राजेश थापा थिए । तर, दुवैलाई पछि पार्दै दाहाल बोर्डको अध्यक्ष बनेका थिए । तर, अहिले दाहालभन्दा केसी अध्यक्ष पदका बलिया मानिएको छ ।

अर्काे रोचक कुराचाहिँ के छ भने बोर्डको अध्यक्ष पदका दाबेदारीहरु प्राय सबै कांग्रेसी भएकाले पनि कस्लाई छान्ने भन्ने विषय पेचिलो बनेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार १५ दिन अर्थात् असार २९ सम्म अध्यक्षका आकांक्षीले उम्मेदवारी दिन सक्नेछन् । जेठ २३ गते दाहाल कार्यकाल सकिएसँगै बोर्डको अध्यक्ष बन्नेहरुको दौडधुप खरायो गतिमा छ । हेर्न बाँकी छ कस्ले पार्टी पंक्तिलाई रुझाउलान् अनि अध्यक्ष पद पड्काउलान् ?

  • June 24, 2022 प्रकाशित
  • सम्बन्धित