शनिबार एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुने
  • मूलधार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले शुक्रबार दिन नभइ घण्टाभित्र नयाँ मन्त्री सरकारमा पठाउने भनेको थियो । तर, एक दिन बित्दा पनि मन्त्री किन हेरफेर भएन भन्ने विषयमा नेता राजेन्द्र पाण्डेले शनिबारसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन् ।

शुक्रबार पोलिटब्युरो बैठकपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘फिर्ता हुने कि नहुने भन्ने सबै भोलि बेलुकीसम्म थाहा पाउनुहुन्छ । यी (नयाँ) साथीहरु जान्छन्, अर्को (पूराना मन्त्री) लट आउँछ ।’

बहालवाला मन्त्रीहरूले फिर्ता हुन नमानिरहेको पत्रकारको प्रश्नमा उनले मन्त्री फेरबदल विषयमा शंका नगर्न उनले आग्रह गरे। उनले भने, ‘मैले बोलिसकेपछि हुन्छ, भन्ने बुझ्नुस् न ।’

पार्टी निर्णयबमोजिम सबैले मान्नुपर्ने बताउँदै सबैले मान्नुपर्ने पनि बताए । उनले अब बन्ने नयाँ मन्त्रीहरु पनि पार्टीकै निर्णयमा हुने पनि बताए ।

तर, बहालवाला मन्त्रीहरुले मन्त्री पदमै बस्न नपाए पार्टी छाड्ने धम्कि दिएको प्रश्नमा पाण्डेले उनीहरुमा पार्टी छाड्ने ताकत नै नभएको बताए ।

‘उहाँहरू पार्टी छोड्न सक्नुहुन्न अहिले । छोड्ने ताकत छैन । छोड्न नपर्ने भा’हुनाले छोड्दिउँ–छोड्दिउँ भन्या मात्रै हो,’ उनले भने ।

  • June 24, 2022 प्रकाशित
  • सम्बन्धित