पहिले र अहिलेकी दिया पुन
  • मूलधार

काठमाडौं । अभिनेत्री दीया पुन पहिले र अहिलेमा निकै फरक छन् । पहिले गोरो अनि चम्किलो अनुहार थियो उनको । तर, अहिले नाक, मुख र पूरै अनुहार डढेर चिन्न नसकिने भएकी छन् ।

दिया यस्तो कसरी भइन् ? भन्ने चासो हुनु स्वभाविकै हो । दिया पुन अभिनयसँगै साहसिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी छन् । उनले केही समयअघि सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । सफल सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्रीका रुपमा दियाले आफूलाई चिनाएकी छन् । गत जेठ १३ गते बिहान बढेको सगरमाथाको उचाई (८,८४८.८६ मिटर) उनले चुमेकी हुन् ।

नेपाली सिने जगतमा नयाँ छाप बनाउन सफल दिया अब नयाँ फिल्म ‘अन्तिम संस्कार’ छायांकनअघि पहिलेकै दियामा फर्किन प्रयत्न गरिरहेकी छने । उनले आफ्नो साहसिक यात्रासँगै एउटा चुनौतीको सामना गरेर कीर्तिमान रच्न सफल भएकी छन् । हिमाल चढ्दा हिउँले खाएको पूरै अनुहारलाई पहिलेकै रुपमा फर्काउन दिया प्रयासरत छन् ।

  • June 23, 2022 प्रकाशित
  • सम्बन्धित