ज्वारचनले पाए निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी
  • मूलधार

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी दिइएको छ ।

असार ६ गते बसेको मन्त्रिपरिषद्को बैठकअनुसार ज्वारचनलाई बिहीबार निगमको महाप्रबन्धकको जिम्मेवारी दिइएको हो । ज्वारचनलाई महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न अस्थायी जिम्मेवारी तोकिएको छ ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको, ‘नेपाल वायुसेवा निगम २०१९ को दफा १२ बमोजिम तपाईंलाई नेपाल वायुसेवा निगमको महाप्रवन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको व्यवहोरा निर्णय अनुसार अनुरोध छ ।’

 

  • June 23, 2022 प्रकाशित
  • सम्बन्धित