काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ ।
साउन १ गतेदेखि अनिवार्य वर्गीकरण गर्न आग्रह गर्दै महानगरको वातावरण तथा कृषि विभागले सूचना प्रकासन गरेको छ ।नछुट्याए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक ५ सय रुपैयाँ जरिबाना हुने जनाएको छ ।
‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई विनम्र अनुरोध छ,’ सूचनामा भनिएको छ ।
जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने दिन कुहिने फोहोर मात्रै संकलन गर्ने र नकुहिने फोहोर संकलन गर्न आउने दिन नकुहिने मात्रै संकलन गर्ने महानगरले सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।