ताप्लेजुङमा पहिरोको वितण्डा : ६३ घरपरिवार विस्थापित, राहत तथा उद्धार शून्य
  • मूलधार

काठमाडौं । असार २ गतदेखि आएको अविरल वर्षासँगैको पहिरोले ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा वितण्डा मच्चाएको छ । पहिरोले ठूलो धनजनको क्षतिसँगै गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित हुनु परेको छ ।

पहिरोको त्रासका कारण ६३ परिवार डरका कारण सकेका मालसामानहरु लिएर गाउँबाट अन्यत्र सरेका छन् । अहिले पीडितहरूलाई राहत तथा पुनः स्थापनाका लागि प्रहरीको टोली पहिरो प्रभावित क्षेत्रमा पुगिसकेको बताइएको छ । पहिरोमा परेर दुई जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पहिरोले नगदेबाली अलैँची, मकै, धानजस्ता बाली नस्ट गरेको छ । त्यहाँकै स्थानीयवासी उज्जवल लिम्बूका अनुसार एउटै परिवारका दुई सदस्यले पहिरोमा परि ज्यान गुमाउनुपरेको छ । साथै, राहत तथा उद्धार शून्य रहेको पनि उनको भनाइ छ ।

उद्धार तथा राहतका लागि उनले स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै सम्बन्धित सरोकारवालाहरु समक्ष माग गरेका छन् ।

 

 

  • June 21, 2022 प्रकाशित
  • सम्बन्धित