बुधबारदेखि नियमित उडान बन्द गर्ने वायु सेवा सञ्चालक संघको घोषणा
  • मूलधार

काठमाडौं । भोलि (बुधबार) देखि वायु सेवा सञ्चालक संघ, नेपालले नियमित उडान बन्द गर्ने घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत संघले ५ बुँदे माग राख्दै उक्त माग पूरा नभए बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने घोषणा गरेको हो ।

सम्मेलनमा संघले यात्रु सेवा ल्याण्डिङ, पार्किङ, नेभिगेसनलगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिइ पूर्ववत कामय गर्नुपर्ने, हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत संभारका लागि ह्रयांगरलगायत भौतिक पूर्वाधारहरका लागि स्थान उपलब्ध गराउनुपर्ने विज्ञप्तिमार्फत भनेको छ ।

यस्तै, नागरिक उड्डयन प्राधिकरणले हालै विज्ञप्तिमार्फत ल्याएको प्रावधानहरु खारेज गरेर गर्नुपर्ने पनि विज्ञप्तिमार्फत संघले भनेको छ ।

  • June 21, 2022 प्रकाशित
  • सम्बन्धित