रवि लामिछानेको पार्टीको चुनाव चिन्ह ‘घण्टी’
  • मूलधार

काठमाडौं । सञ्चार कर्मबाट टाढिएर राजनीतिमा होमिएका रवि लामिछानेले नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै चुनाव चिन्ह ‘घण्टी’ राखेका छन् ।

मंगलबार काठमाडौं राष्ट्रिय सभामा पार्टी घोषणा आयोजना गरेका लामिछानेले पार्टी घोषणापश्चात् पार्टीको चुनाव चिन्ह घण्टी रहेको बताए । चुनाव चिन्ह घण्टीले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने पनि उनले बताए ।

लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सबैलाई ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा आउन आग्रह पनि गरेका छन् । साथै, लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

नेपालका राजनीतिक दलजसरी पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गरेका छन् । उनले पार्टीमा कोही पनि कार्यकर्ता नभई सबै सदस्य हुने पनि बताए । साथै, पार्टी कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने पनि उनले बताए ।

  • June 21, 2022 प्रकाशित
  • सम्बन्धित