सर्वाेच्चले भन्यो- ‘जग्गा धितो राखेर बैंकबाट ऋण नपाइने व्यवस्था तत्काल कार्यान्वयन नगर्नू’
  • मूलधार

काठमाडौं । भू-उपयोग नियमावली, २०७९ अनुसार जग्गा धितो राखेर बैंकबाट ऋण नपाइने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

जग्गाको वर्गीकरण नगरी जग्गा धितो राखेर ऋण नपाउने व्यवस्था आएसँगै बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिन रोक लगाएका थिए । सरकारको उक्त निर्णयविरुद्ध सुनुवार अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।

साथै, सर्वाेच्च अदालतले जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू–उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।

  • June 20, 2022 प्रकाशित
  • सम्बन्धित