सिटी एक्सप्रेस मनी ट्रान्सफरको काठमाडौं महानगरपालिकासँग सहकार्य
  • मूलधार

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी काठमाडांैस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयका रूपमा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु¥याउनका लागि होटल तथा अन्य संस्थालाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो ।

सोही निर्णयबमोजिम सिटी एक्सप्रेस मनी ट्रान्सफरले ऐक्यबद्धता जनाउँदै आफ्नो प्रमुख कार्यलयको भुइँतलामा अवस्थित शौचालयलाई निःशुल्करूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको छ ।

काठमाडौ महानगर प्रहरी बलका प्रमुख धनपति सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरेका थिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मसाथ गर्दै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

  • June 20, 2022 प्रकाशित
  • सम्बन्धित