अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट, छुटाउने दिपेश पुन
  • मूलधार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको बैठकमा विद्यार्थी नेताहरु एक आपसमा कुटाकुटमा उत्रिएका छन् ।

आइतबार काठमाडौंको तीनकुनेमा आयोजना गरिएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहले तानाशाह ढंगले पदाधिकारी चयन गरेको भन्दै नाराबाजीमा उत्रिएपछि कुटाकुटको स्थिति पैदा भएको हो ।

कार्की समूह बैठकलाई अवैधानिक भन्दै नाराबाजीमा उत्रिएसँगै दुई समूहबीच कुटाकुट भएको थियो । कुटाकुट र होहल्ला भएपछि प्रहरीले कार्की समूहलाई बैठकबाट निकालेको थियो ।

दुई समूहबीच कुटाकुट हुँदा अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनले झगडा छुटाउन खोजेका थिए । तर, पनि महासचिव पुनले दुई समूहलाई कुटाकुटबाट रोक्न सकेनन् । बैठकलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

  • June 19, 2022 प्रकाशित
  • सम्बन्धित