बालेनले भने- ‘लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गरिन्छ’ (नीति तथा कार्यक्रमको पूर्णपाठ)
  • मूलधार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले नेवा समुदायमा प्रचलनमा रहेको पेय पदार्थ (लोकल रक्सी) लाई कानुनी प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिने बताएका छन् ।

आइतबार आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम बाचन गर्ने क्रममा यस्तो बताएका हुन् ।

संस्कृति, सम्पदा तथा पर्यटन सम्बन्धी नीतिको ४६ औँ नम्बरमा भनिएको छ, ‘ नेवा समदुायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय ब्राण्डिङ गरिनेछ ।’

यस्तै डिजिटल सिग्नेचरलाई आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइने, महानगर क्षेत्रभित्रका सबै भवनलाई क्यूआर कोडमा आबद्ध गराइने पनि उनले बताएका छन् ।

  • June 19, 2022 प्रकाशित
  • सम्बन्धित