दुर्गा प्रसाईंले पाए सुनको लौरो उपहार (भिडियाेसहित)
  • मूलधार

काठमाडौं । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सुनको लौरो उपहार पाएका छन् ।

तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंलाई शनिबार सुनको लौरो उपहार दिएका हुन्।

श्री एयरलाइन्सको विमानमार्फत चन्द्रगढी विमानस्थलमा ओर्लिएका दुबईका राजकुमार मोक्तुमलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। स्वागतकै क्रममा राजकुमार मोक्तुमले विमानस्थलमै प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए ।

दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल आएको बताइएको छ भने राजकुमार मोक्तुम झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । राजकुमार मोक्तुमले झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको पनि बताइएको छ।

  • June 18, 2022 प्रकाशित
  • सम्बन्धित