आर्थिक वर्ष २०७९/८० का लागि कुन प्रदेशको बजेट कति ? (सातै प्रदेशकाे बजेटकाे पूर्णपाठसहित)
  • मूलधार

काठमाडौं । बुधबार सातै प्रदेशका सरकारले एकसाथ बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका सातै प्रदेशमध्ये सबैभन्दा बढी बजेट बागमती प्रदेशको रहेको छ ।

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको प्रस्तुत गरेका हुन् ।

बागमतीपछि दोस्रो स्थानमा मधेस प्रदेश प्रदेश रहेको छ । मधेस प्रदेशले आगामी वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोेड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

मधेसपछि तेस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनीको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ रहेको छ । बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा वैठकमा उक्त वजेट सार्वजनिक गरेका हुन् ।

लुम्बिनीपछि चौथौं स्थानमा प्रदेश १ रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत भएको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

प्रदेश १ पछि पाँचौँ स्थानमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ अर्ब ७४ करोडको बजेट विनियोजन गरेको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सुदुरपश्चिमपछि छैंटौँ स्थानमा गण्डकी प्रदेश रहेको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेशसभामा अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् ।

गण्डकीपछि सातौँ स्थानमा कर्णाली प्रदेश रहेको छ । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् ।

सातै प्रदेशकाे बजेटकाे पूर्णापाठ :

१. बागमती प्रदेश

२.मधेस प्रदेश

३.लुम्बिनी प्रदेश

४. प्रदेश १

५. सुदूरपश्चिम प्रदेश

६. गण्डकी प्रदेश

७. कर्णाली प्रदेश

  • June 15, 2022 प्रकाशित
  • सम्बन्धित