प्रेमीकाे श्रीमती र छोरी कुट्ने लुम्बिनीकी राज्यमन्त्री वलीमाथि छानविन गर्न कार्यदल गठन
  • मूलधार

काठमाडौं । पछिल्लो समय प्रेमीकी श्रीमती र छोरी कुटेर विवादमा मुछिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीको हर्कतबारे छनबिन गर्न कार्यदल गठन गरिएको छ ।

बुधबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा वलीको हर्कतबारे सत्य तथ्य छानविन गर्न तीन सदस्‍यीय कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा मन्त्री शर्मासँगै महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

प्रेमी तथा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर मन्त्री विमलाले मंगलबार बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् । हातपातपछि बस्नेतकी श्रीमती मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दर्ता गरेकी थिइन् ।

  • June 15, 2022 प्रकाशित
  • सम्बन्धित