असार १ देखि आइतबारको बिदा खारेज
  • मूलधार

काठमाडौं । जेठ १ गतेदेखि लागू भएको आइतबारको बिदा सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो ।

यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा दिइने भएको छ । आइतबार सार्वजनिक बिदा दिइने छैन । सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्नका लागि हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । तर, एक महिना नबित्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पनि रिट दायर भएको छ । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले सरकारले आवश्यक तयारीबिना हप्ताको २ दिन बिदाविरुद्ध रिट दायर गरेका छन् ।

  • June 6, 2022 प्रकाशित
  • सम्बन्धित