सिर्जना सिंहभन्दा पनि पछि परे केशव स्थापित
  • मूलधार

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार १ लाख ९ हजार ५ सय ३७ गणनामा शाहले ३९ हजार ६ मत पाएका हुन्।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई १६ हजार ९ सय ७४ मतले पछि पारेका छन्। सिंहले २२ हजार ७२ मत पाएकी छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन् । स्थापित सिंहभन्दा ५०१ मतले पछि परेका छन् ।

  • May 22, 2022 प्रकाशित
  • सम्बन्धित