मतपेटिका लुटेर खेतैखेत भाग्ने अभियुक्त एक हप्तापछि पक्राउ
  • मूलधार

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा स्थानीय तह निर्वाचनको दिन मतेपेटिका लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मतपेटिका लुटिएको एक हप्तापछि यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

No description available.

मतदान सकिएपछि विवादकै क्रममा मतदान केन्द्रबाट मतपेटिका लुटेर उनीसहित स्थानीय भागेका थिए । प्रहरीले मतपेटिका फिर्ता ल्याए पनि मतपेटिका लुट्ने समूहलाई पक्राउ गर्न सकेको थिएन, खोजिरहेको थियो ।

अनुसन्धानका क्रममा घटनाका मुख्य अभियुक्त चन्देश्वर बैठा रहेको प्रहरीले पत्ता लगाएको थियो । घरमै लुकेर बसेको अवस्थामा अभियुक्तलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका अभियुक्तलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाही गरिने तयारी गरिएको छ ।

  • May 20, 2022 प्रकाशित
  • सम्बन्धित