काठमाडौं महानगर : बालेन स्थापितभन्दा १३५७० मतले अगाडि
  • मूलधार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता कायमै रहेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा १३५७० मतका साथ बालेन अघि रहेका छन् ।

पछिल्लो प्राप्त मत परिणामअुनसार बालेनले २८८८२ मत ल्याएका छन् । स्थापितले १५३१२ मत ल्याएका छन् भने गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले १४७९८ मत पाउँदै दुवैलाई पछ्याइरहेकी छन् । यस्तै, राप्रपाका मदनदास श्रेष्ठले १७९०, स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२३५ मत पाएका छन् ।

उपप्रमुख (उपमेयर) तर्फ सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनले २६५७५ पाउँदा रामेश्‍वर श्रेष्ठ (नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले ८५९१, बिनिता मगैया (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ३६२३, वेन्जीसिंह महर्जन (स्वतन्त्र) ले २१४२, विद्या श्रेष्‍ठ (महर्जन) (स्वतन्त्र) ले १५०१ मत पाएकी छन् ।

  • May 20, 2022 प्रकाशित
  • सम्बन्धित