भरतपुर महानगर : रेणुलाई विजयले पछ्याउन सकेनन्, विजय ३२७९ मतले पछि
  • मूलधार

भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुख (मेमयर) पदमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालको अग्रता तीव्र गतिमा अघि बढेको छ । दाहालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीभन्दा ३२७९ मतसहित फराकिलो मतले अग्रता लिएकी छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार दाहालले १६६८९ मत ल्याउदा सुवेदीले १३४१० मत पाएका छन् । स्वतन्त्रतर्फ जगन्नाथ पौडेलले
६९१५ मत पाएका छन् ।

उपप्रमुख (उपमेयर) तर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारी १९३१२ मतसहित अगाडि बढेका छन् भने उनलाई राप्रपाकी हिमला गुरुङ १०७७९ मतसहित पछ्याइरहेकी छन् ।

 

  • May 19, 2022 प्रकाशित
  • सम्बन्धित