वडाध्यक्ष भइसकेपछि फेरि छुटेको मतपेटिका गन्दा समसेर र मगरको मत बराबर, अब के होला ?
  • मूलधार

महोत्तरी । वडामा निर्वाचित भइसकेका उम्मेदवारलाई ‘एउटा मतपेटिका गन्न त छुटेछ, फेरि गणना गर्नुपर्ने भयो’ भनेर खबर गर्दा कस्तो महसुश होला ? त्यसपछि मतगणना गर्दा बराबरी मत आए झन् कस्तो होला ? स्थानीय तह निर्वाचनअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–८ मा निर्वाचित भइसकेका वडाध्यक्ष यहिँ पीडाबाट गुजारिनुपर्यो ।

एक मतपेटिका गणना गर्न छुटेपछि बिहीबार मतगणना भयो । तर, मतगणनाका क्रममा दुई पार्टीका दुबै प्रत्यासीको मत बराबरी आएको छ । दुवैले ७६७ मत प्राप्त गरेका छन् ।

यसअघि वडाध्यक्षमा निर्वाचित भएका उम्मेदवार हुन्, नेकपा माओवादी केन्द्रका समसेर सिंह लामा र हारेका भनिएका उम्मेदवार हुन् नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर । त्यतिबेला लामा वडाध्यक्षमा विजय भएका घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए । तर छुटेको मतपेटिका गणना गर्दा मत बराबरी आएसँगै अब पुनः मतदान हुन्छ कि गोला प्रथाबाट वडाध्यक्ष निर्वाचित गरिन्छ टुंगो लगाइएको छैन ।

  • May 19, 2022 प्रकाशित
  • सम्बन्धित