काठमाडौं महानगर : बालेन स्थापितभन्दा ८५०२ मतले अगाडि
  • मूलधार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा बालेन ८५०२ मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १७५५८ मत प्राप्त गर्दा स्थापितले ९०५६ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८१२८ मतका साथ बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।

उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको अग्रता तीव्र गतिमा रहेको छ । उनले १५६७४ मत पाउँदा प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी) ले ५०१५ मत र बिनिता मगैया (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ३४४९ मत पाएकी छन् ।

 

  • May 18, 2022 प्रकाशित
  • सम्बन्धित