भरतपुर महानगरमा रेणुलाई पछि पार्दै विजय सुवेदीले लिए अग्रता
  • मूलधार

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा नेकपा एमालेका विजय सुवेदीले गठबन्धनबाट साझा उम्मेदवार बनेकी रेणु दाहाललाई पछि पार्दै अग्रता लिएका छन् ।

सुवेदीले २६९३ मत प्राप्त गर्दा दाहालले २६७८ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत पाएका छन् ।

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङ्गलाई पछि पारेका छन् । अधिकारीले २९५३ मत ल्याउँदा गुरुङ्गले २१६२ मत पाएकी छन् ।

महानगरको वडा नम्बर २ को वडाध्यक्षतर्फ कांग्रेसल ८३० मतका साथ अग्रत लिएको छ भने एमालेले १७९५ मतका साथ पछ्याइरहेको छ ।

  • May 15, 2022 प्रकाशित
  • सम्बन्धित