मत बदरको विषयमा विवाद भएपछि रोकियो भरतपुर महानगरको मतगणना
  • मूलधार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । मतगणनाको क्रममा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि जारी मतगणना रोकिएको हो ।

नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा लगाइएको छाप मधुरो देखिएपछि निर्वाचन अधिकृतले बदर भनेपछि मत बदरको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।

अहिले नेकपा एमालेका प्रतिनिधिहरु मतगणना स्थल भन्दा बाहिर रहेका र आन्तरिक छलफल भइरहेको छ ।

  • May 15, 2022 प्रकाशित
  • सम्बन्धित