भरतपुर महानगर : अघिअघि रेणु, पछिपछि विजय
  • मूलधार

चितवन । मतपत्र सदर कि बदर भन्ने विषयमा विवादपछि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना अघि बढेको छ । मतपत्र बदर गर्ने सहमतिसँगै मतगणना अघि बढेको हो ।

नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा लगाइएको छाप मधुरो देखिएपछि निर्वाचन अधिकृतले बदर भनेपछि मत बदरको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । तर, पछि मतपत्र बदर नै भएको सहमतिपछि मतगणना सुचारु भएको छ ।

रोकिएको मतगणना सुचारुसँगै पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार रेणु दाहालले अग्रता अघि बढाएकी छन् । उनले २००६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १९५४ मत ल्याएका छन् । रेनु विजयभन्दा ५२ बढी मतसहित अघि छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मतान्तर फराकिलो बनाएका छन् । उनले २२०१ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १५७१ मत ल्याएकी छिन् ।

  • May 15, 2022 प्रकाशित
  • सम्बन्धित