काठमाडौं महानगर : बालेन केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि
  • मूलधार

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेवार बालेन्द्र शाह (बालेन) अग्रता तीव्र गतिमा अघि बढिरहेको छ ।

बालेनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले उनलाई पछ्याइरहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनको २८२०, स्थापितको १५०७ र सुनिताको १४४९ मत रहेको छ ।

काठमाडौंको उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको अग्रता रहेको छ । उनले २००० मत पाएकी छिन् भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले ५८० र राप्रपाकी विनिता मगैयाले ५१३ मत ल्याएकी छन् ।

 

  • May 15, 2022 प्रकाशित
  • सम्बन्धित