वृद्धवृद्धालाई मतदान गराउन बोकेर ल्याइँदै (तस्वीर)
  • मूलधार

 स्थानीय तह निर्वाचनका लागि शुक्रबार तनहुँको व्यास नगरपालिका–५ ठूलोटारस्थित उदय माध्यमिक विद्यालय मतदान केन्द्रमा अशक्त ज्येष्ठ नागरिकलाई बोकेर ल्याउँदै । तस्वीर : रासस

 पाल्पा रामपुरको दरैठाँटी मावि मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई बोकेर लैजाँदै । तस्वीर : रासस

 शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मपुरस्थित बैजनाथ आधारभूत विद्यालयमा स्थानीय तह निर्वाचनका लागि जेष्ठ नागरिकलाई मतदान गर्नका लागि मतदान केन्द्रतर्फ लैजाँदै आफन्त । तस्वीर : रासस

बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा रहेको सनातन धर्म मावि मतदान केन्द्रमा मतदानका लागि जाँदै गरेको फरक क्षमता भएका व्यक्ति । तस्वीर : रासस

 पोखरा महानगरपालिका– १४, मझेरीपाटनस्थित रामेश्वरी माविमा स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्न वृद्धा,अस्वस्थ महिलालाई बोकेर ल्याइँदै । तस्बिरः रासस

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान गरेर फर्किदै अपाङ्गता भएकी महिला । तस्बिर : रासस

  • May 13, 2022 प्रकाशित
  • सम्बन्धित