कात्तिक १६ देखि माघ १५ को कार्यालय समय साढे ९ देखि साढे ४ बजेसम्म
  • मूलधार

काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार गरि हप्तामा दिने भनेको दुई दिने बिदाको सूचना राजपत्रमा प्रकाशित गरेको छ ।

सोमबार गृह मन्त्रालयद्वारा जारी सूचनामा जेठ १ देखि लागू हुने बिदाको समय भने बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम गरेको छ ।

जारी सूचनामा आगामी कात्तिक १६ देखि माघ १५ सम्मका लागि भनेर कार्यालय समय साढे ९ देखि साढे ४ बजेसम्म तय गरेको छ ।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ देखि लागू हुने गरि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

 

  • May 10, 2022 प्रकाशित
  • सम्बन्धित