रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउन मैले नै भनेको हो : देउवा
  • मूलधार

?????????, ?? ????? ? ??? ? ???? ???? ?????? ????????? ????? ?????????? ?????? ???????? ???????? ?????????? ??????? ????? ?????? ????? ??????? ?????? ????? ? ?????? ? ???? ???????, ????

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै प्रस्तावमा रेनु दाहाल भरतपुर महानगरको मेयरमा उम्मेदवार बनेकी बताएका छन् ।

शुक्रबा काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै आफैले दाहाललाई भरतपुर महानगरको मेयरको उम्मेदवार बनाएको बताएका हुन् ।

सभापति देउवाले भने, ‘हामी सबैले तपाईंको छोरी नउठाउनुस् भनेको भए मान्नुहुन्थ्यो । मैले राम्रो काम गरेको छ टिकट दिनुस् भनेको हो, मैले
। राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।’

यसैगरी सभापति देउवाले काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन पनि आफैले प्रस्ता गरेको बताएका छन् । उनका अनुसार उम्मेदवार बनाउन प्रकाशमान सिंह भनेका डराएका थिए ।

उनले भने, ‘यहाँ पनि प्रकाशमान डराएका थिए । क्याहो, क्याहो स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्यो ।’

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरी भएर जन्मिनु रेनु दाहालको र प्रकाशमान सिंहकी श्रीमती हुनु सिर्जना सिंहको गल्ती नभएको पनि सभापति देउवाले स्पष्ट भने ।

उनले भने, ‘पुष्पकमल दाहालको छोरी भएर जन्मिनु रेनु दाहालको र प्रकाशमान सिंहकी श्रीमती हुनु सिर्जना सिंहको गल्ती नभएको देउवाको भनाइ थियो ।

 

  • May 6, 2022 प्रकाशित
  • सम्बन्धित