चितवन पुगेर गठबन्धनका नेताहरुले रेणु दाहाललाई मागे भोट : कस्ले के भने ?
  • मूलधार

e/tk'/, @@ j}zfvM r'gfjL ;efdf ;xefuLx? ;Qf u7aGwgn] laxLaf/ e/tk'/df cfof]hgf u/]sf] r'gfjL ;efdf ;xefuL k|wfgdGqL Pjd g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf, g]skf -dfcf]jfbL s]G›_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú, -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs'df/ g]kfnnufot ;xefuL . tl:a/M /f]zg ;fksf]6f÷/f;;

रामचन्द्र पौडेल

नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, प्रतिस्पर्धा एमालेको केपी अ‍ोली प्रवृत्तिसँग हो । उनैसँग द्वन्द्व हो । भोलि मिलेरै सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो ।

आज बिहानमात्रै मैले कृष्णलालजी, जगन्नाथजीहरुसँग संवाद गर्न चाहे, राम्रोसँग कुरा गरौ भने, तर उहाँहरुले धैर्य राख्न सक्नुभएन । चाडै उठेर जान खोज्नुभयो । उहाँहरु असिल इमोसन, भाव आवेग र उत्तेजनामा आएर असन्तुष्टि व्यक्त गरे जस्तो लाग्यो ।

माधवकुमार नेपाल

एमाले कुहिएको फर्सी हो, त्यसको काम छैन । कुहिएको फर्सी छुनुभयो, खानुभयो भनेपनि रोगव्याधी लाग्छ । केपी ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन् । महागफाडी हुन् । गफमा उनले विद्यावारिधी हासिल गरेका छन् । झूठको पुलिन्दा बनाउनसक्छन् । भ्रमको खेती गर्नसक्छन् । होस् गर्नुहोला, ख्याल गर्नुहोला । ओलीका कुरा हतारमा पत्यायो भने फुर्सदमा पछुताउनुपर्छ ।

जसलाई सोधे पनि रेनु दाहाल विकासप्रेमी मेयर हो भन्छन् । त्यसैले यो भरतपुरमा उहाँले धेरै काम गरिसक्नुभएको छ । अब थप विकासका लागि पनि उहाँसँग योजना छन् । त्यसैले उहाँलाई भरतपुरले जिताउनुपर्छ ।

नमिलेका ठाउँमा मिलाउनुहोस्, तल कतिपय ठाउँमा बिगार्न खोजिरहेका छन् । सहमति नभएका ठाउँमा सहमति गर्नुस्। सहमति नगर्नेहरूलाई सम्झाउनुस्, तह लगाउने काम गर्नुस् ।

भरतपुरका सन्दर्भमा कुनै दुई मत छैन । यातायातदेखि पिउने पानीसम्मका कुरामा दाहालले काम गर्नु भएको छ । उहाँका काम प्रशंसनीय छन्। दाहाललाई हामीले विकासका निम्ति अगाडि बढ्ने मेयरका रूपमा पाएका छौँ । रेनु दाहालको भाषण सुनेर म दंगदास छु । बधाई छ रेनु दाहाललाई ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

तपाईँहरूले हँसिया हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईँहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ।

केपीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् है भनेका छन् रे । अन्तिममा एमालेको सबै भोट खन्याइदिउँला भनेका छन् रे । केपीका भनाइको भर नपर्नुहोला ।

मलाई विश्वास छ, अन्तिमसम्म उहाँहरूले बिचार गर्नुहुनेछ । विचार गर्नुभएन भने पनि जगन्नाथसँग मेरो कुनै विद्वेष हुनेछैन । उहाँको अधिकार हो । उहाँको लोकतान्त्रिक अधिकार हो उहाँले आफ्नो अधिकार प्रयोग गर्न सक्नुहुन्छ । तर गठबन्धन र नेपाली जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छ । चितवनका परिवर्तनकारी, क्रान्तिकारी जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छन् । जनताले गरेको फैसला सर्वस्वीकार्य हुनेछ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा

यो गठबन्धनप्रति जनताको विश्वास भएकै कारणले होला ८२ प्रतिशत साथीहरूले मलाई पार्टीको सभापति बनाएका होलान् नि । कांग्रेसको साथीहरू गठबन्धनको विरोधमा भएको भए मलाई हराइहाल्थे नि !

रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने कांग्रेस पनि खत्तम हुन्छ ।

भरतपुरको टोल टोलमा सडक पिच गरेकोले काठमाडौँको भन्दा बढी जग्गाको भाउ बढेको छ । यो सानो कुरा हो ? उहाँ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने लागिरहनु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन लाग्नुभएको छ । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्नेछ । उहाँले गरिरहेको काम यहाँका साथीहरूका लागि हो । यस्तो काम गरेको मान्छे यहाँका लागि नभए अरू को उम्मेदवार हुन सक्छ ?

यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए जनताले के भन्लान् । यस्तो राम्रो काम गर्नेलाई धन्यवाद दिएर अघि बढाउनुपर्छ । उहाँले जितिसक्नुभएको छ । साथीहरूलाई कुनै बखेडा नगर्नका लागि आग्रह गर्दछु ।

  • May 5, 2022 प्रकाशित
  • सम्बन्धित