काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा ५ को मृत्यु
  • मूलधार

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बाेकेकाे गाडी र जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप र भारतीय पर्यटक बोकेको यूपी ५८टी ८१८१ नम्बरको मिनी बस गाडी एक आपसमा ठोक्किदा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृतकहरु सबै नेपाल भएको तर पहिचान खुलिनसकेको बताइएको छ । दुर्घटनामा अन्य घाइतेहरूको उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

  • May 4, 2022 प्रकाशित
  • सम्बन्धित