वामदेव गौतम के एकीकृत समाजवादीतिरै खुलेका हुन् ?
  • मूलधार

काठमाडौं । माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) को चुनावी गीत वामदेव गौतमले लेखिदिएका छन् ।

‘जनता जगाउने कलममा छाप लगाउने’ चुनावी गीतको शब्द गौतमले लेखिदिएका हुन् । गौतमले लेखेको उक्त चुनावी गीत नेकपा (एस) ले आफ्नो यूट्युब च्यानलबाट आज मंगलबार सार्वजनिक गरेको छ ।

नेकपा (एस) को गीत लेखेसँगै गौतम उक्त पार्टीतिर लालेको लख काटिए पनि पार्टीको आग्रहबमोजिम मात्र आफूले गीत लेखिदिएको गौतमको भनाइ छ । तैपनि बाहिर भने चुनावी गीतसँगै गौतम नेकपा (एस) तिर खुलेको चर्चा छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा परिणत हुँदा गौतम ‘न्युट्रोल’मा बसेका थिए । उनी एमाले र माओवादी िमिलाउनै लागिपरेका थिए ।

 

  • May 3, 2022 प्रकाशित
  • सम्बन्धित