बालेन र गनेशको चुनाव चिन्ह ‘लौरो’, जगन्नाथलाई ‘भुइँकटहर’
  • मूलधार

काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका र्यापर बालेन शाह, पोखरा महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेललगायतलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको हो ।

काठमाडौं महानगरको प्रमुख (मेयर) का प्रत्यासी र्यापर बालेन र पोखराका महानगरका मेयरका प्रत्यासी पौडेलले चुनाव चिन्ह लौरो पाएका छन् । यस्तै, भरतपुर महानगरमा मेयरका प्रत्यासी जगन्नाथ पौडेलले चुनाव चिन्ह ‘भुइँकटहर’ पाएका छन् ।

धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी गोपाल हमालले चुनाव चिन्ह आँप पाएका छन् । विराटनगर महानगरमा स्वतन्त्र रुपमा मेयरको उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख (उपमेयर) का प्रत्यासी नमिता न्यौपानेले ‘लालटिन’ चुनाव चिन्ह पाएका छन् ।

  • April 30, 2022 प्रकाशित
  • सम्बन्धित