मन्त्रिपरिषद्को निर्णय : राहदानी र लाइसेन्स लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गरिने
  • मूलधार

काठमाडौं । सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण कार्यमा सुधार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

अहिले राहदानी बनाउन र लाइसेन्स लिन सेवाग्राहीहरु घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न सेवामा सुधार गर्ने बैठकले निर्णय गरेको छ । साथै, उक्त अवस्थामा सुधार गर्न र नागरिकलाई सहज सेवा दिने काम गर्न निर्देशन दिने पनि निर्णय भएको छ ।

यसैगरी अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने विषयबारे पनि बैठकमा छलफल भएको छ।

 

  • December 26, 2022 प्रकाशित
  • सम्बन्धित