सपथ ग्रहणमा सँगै बसेका ओली–नेपालले साेधे एक अर्काको हालचाल
  • मूलधार

काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतलनिवासमा एउटा फरक दृश्य देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेबाट छुट्टिएका माधवकुमार नेपाल पनि देखिए ।

सपथ ग्रहण कार्यक्रममा दुवै जना सँगै बसे पनि एकअर्काबचि बोलेनन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मुखमा केही चपाएजस्तो देखिन्थे भने नेपाल भने गम्भीर मुद्रामा सपथ कार्यक्रम नियालिरहेका थिए । ओली भने दायाँबायाँ केही हेरेजस्तो गर्थे । तर, नेपाल भने एकटक एकतर्फीमात्र नियालिरहेका थिए ।

प्रधानमन्त्री रहँदा ओलीले संसद् विघटनगरेपछि चिसिएको सम्बन्ध अन्ततः एमाले फुटमा पुगेको थियो । एमाले फुटेपछि नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दल दर्ता गरे । तर, मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपालको पार्टी राष्ट्रिय दल बन्न सकेन तर, प्रतिनिधिसभा र प्रदेशमा उपस्थित भने राम्रै राख्यो ।

तर, सञ्चारकर्मीलाई भने नेपालले दुईबीच सामान्य हालखबर सोधपुछ भएको बताएका छन् । उनका अनुसार एक अर्काको हालचाल सोध्यौं ।

 

  • December 26, 2022 प्रकाशित
  • सम्बन्धित