रवि लामिछानेलाई बधाइ दिँदै हर्क साम्पाङले भने–‘गुण्डाको राज खत्तम बनाउनु पर्छ अब’
  • मूलधार

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले गृहमन्त्रीमा नवनियुक्त भएका रवि लामिछानेलाई बधाइ दिँदै अब देशमा गुण्डको राज खत्तम बनाउनुपर्ने बताएका छन् ।

सोमबार उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका लामिछानेलाई बधाइ दिँदै देशमा गुण्डाको राजको अन्त्य गर्न मेयर साम्पाङले लामिछानेलाई भनेका हुन् ।

मेयर साम्पाङले लेखेका छन्, ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृह मन्त्री ज्युलाई ! गुण्डाको राज खत्तम बनाउनु पर्छ अब !’

  • December 26, 2022 प्रकाशित
  • सम्बन्धित