कांग्रेस एम्बाप्पे बन्यो, अर्काेपटक च्याम्पियन बन्छौँ : विश्वप्रकाश शर्मा
  • मूलधार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले कांग्रेसलाई फ्रान्सका फुटबलर केलियन एम्बाप्पेसँग तुलना गरेका छन् । पोखरामा जारी लिटरेचर फेस्टिबलमा कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर पनि उपाधि (सत्ता) गुमाउनु परेको उनले बताए ।

उनले भने, ‘अस्ती विश्वकप भएको थियो नि, सबैभन्दा बढी गोल एम्बाप्पेले हाने । गएको मंसिर ४ को निर्वाचनमा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो। तर भयो के भन्दा एम्बाप्पेले सबैभन्दा बढी गोल हान्यो, गोल्डेन बुट पनि जित्यो। तर कप चै अर्कैले लग्यो क्या।’

महामन्त्री शर्माले आगामी पाँच वर्षमा हुने निर्वाचनमा कांग्रैस ‘डिफेन्डिङ च्याम्पियन’ बन्नेमा ढुक्क पनि भए । उनले भने, ‘पाँच वर्षपछि हामी डिफेन्डिङ च्याम्पियन बन्छौँ । हामी त्यसबेला च्याम्पियन बन्छौँ, विजेता बन्छौँ । अहिले देशभरका साथीहरुले भएको के हो ? के हुन्छ भन्दै गर्दा मैले भन्ने वाक्य–‘डन्ट वरी !’

  • December 26, 2022 प्रकाशित
  • सम्बन्धित